
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा २२ हजार बालबालिकालाई दादुरा खोप लगाइएको छ ।
दादुरा-रुबेला खोप अभियान सञ्चालन गरेको एघारौँ दिनसम्म ६ महिनादेखि १५ बर्षसम्मका २२०१० बालबालिकाहरूलाई दादुरा-रुबेला खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताउनुभयो ।
आज पनि नेपालगञ्ज र खजुराका ४७ खोप केन्द्रबाट दादुरा-रुबेला खोप लगाइरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । नेपालगञ्जका १६ वडामा ३० र खजुराका ८ वडामा १७ खोप केन्द्र सञ्चालन गरिएका छन् ।
पुस १२ गतेदेखि फैलिएको दादुराबाट नेपालगञ्जमा मात्रै हालसम्म १८९ बालबालिका संक्रमित भइसकेका छन् । यी मध्ये १३९ जना निको भएका छन् । ४९ जना होम आइसोलेसनमा छन् । एक जनाको मृत्यु भइसकेको छ । यस्तै खजुरा गाउँपालिकामा ३ र कोहलपुर नगरपालिकामा १ जनामा दादुरा देखिएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

