
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मन्त्रीमा पदवहाली भएलगत्तै कान्ति बाल अस्पतालको निरीक्षण गर्नुभएको छ ।
मन्त्रालयका कर्मचारीहरुबाट अस्पतालमा उपकरण र ठाउँ प्रशस्त भएपनि आवश्यक जनशक्ति नभएको गुनासो आएपछि मन्त्री गिरीले अस्पतालको निरीक्षण गर्नुभएको हो ।
निरीक्षणपश्चात् मन्त्री गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । अस्पतालमा उपचारका लागि आउने बालबालिकालाई सुलभ र गुणस्तरीय उपचार हुनुपर्ने आवश्यकता औंल्याउँदै अस्पतालमा आइसियु बेडको संख्या बढाउन पनि निर्देशन दिनुभएको छ । यसका लागि मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

