जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन सरकारले प्रदान गर्ने १० लाख डलरको प्रतिष्ठित इसा अवार्ड २०२३ का लागि छनौट हुनुभएको छ । यो नेपाली झन्डै १३ करोड ८ लाख रुपियाँ हो ।

डा. रुइतले अन्धोपन निवारणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै इसा अवार्डका लागि छनौट गरिएको बहराइनका राजपरिवार सदस्य शेख मो. बीन मुबारक अल खालिफाले जानकारी गराएको उल्लेख छ ।
मंगलबार बहराइनको राजधानी म्यान्मामा सो पुरस्कार घोषणा गरिएको थियो । डा. रुइतले अपनाएको आँखा उपचार पद्धति (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स) टेक्निकले देशविदेशमा चर्चा पाएको छ । विभिन्न मुलुकबाट चिकित्सकहरु आँखासम्बन्धि अत्याधुनिक तालिमका लागि नेपाल आउने गरेका छन् । आगामी फेब्रुअरीमा उहाँलाई स्वर्ण पदकसहित प्रमाणपत्र प्रदान गरिने छ ।
बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड दिन थालेको यो पाँचौं संस्करण हो । यो अवार्ड सन् २०१३ देखि प्रदान गरिन थालिएको हो । न्यून शुल्कमा मोतीबिन्दुको शल्यक्रिया विधि प्रयोग गरी डा. रुइत नेपालसहित एसिया र विश्वका अन्य भूभागमा लाखौं व्यक्तिलाई दृष्टि फर्काउन सफल हुनुभएको छ । डा. रुइतले १ लाख ३० हजार व्यक्तिलाई नयाँ दृष्टि दिन सफल भएको बताउनुभएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
