
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेमा दादुराबाट १९ वटा वडा प्रभावित भएका छन् । पुस १२ गतेदेखि देखिएको दादुराबाट हालसम्म २०९ जना संक्रमित भएका छन् ।
१५ वटा वडा प्रभावित भएको नेपालगञ्जमा १९१, एउटा वडा मात्र प्रभावित भएको नरैनापुरमा १३ जना, २ वटा वडा प्रभावित भएको कोहलपुरमा २ जना र एउटा मात्र वडा प्रभावित भएको खजुरामा ३ जनालाई दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यी मध्ये हालसम्म १५० जना निको भइसकेका छन् । ५८ जना घरमै उपचाररत छन् भने एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालगञ्ज र खजुराका ३७०१६ जना बालबालिकालाई दादुरा(रुबेला विरुद्धको खोप लगाइएको छ । नेपालगञ्जका ३१०४२ र खजुराका ५९७४ जना बालबालिकालाई खोप लगाइएको श्रेष्ठले जानकारी दिनुभयो ।
पुस २२ गतेदेखि अभियानकै रुपमा खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई दादुरा(रुबेला विरुद्धको खोप लगाइँदैछ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
