
जनस्वास्थ्य सरोकार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो ।
आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाबीच संयुक्तरुपमा आँबुखैरेनी अस्पतालमै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सहमति गरिएको थियो ।
पालिकाका अध्यक्ष शुक्र चुमानले उक्त सेवाका लागि उक्त सङ्घ र भरतपुर आँखा अस्पतालसँग द्विपक्षीय सम्झौता गरिएको जानकारी दिनुभयो ।
“आँखाको उपचारका लागि आँबुखैरेनीका वासिन्दाका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका वासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा आँबुखैरेनीमै उक्त केन्द्र स्थापनापछि सबैलाई सहज हुन्छ”, उहाँले भन्नुभयो । उक्त अस्पतालमा गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत चिकित्सकको दरबन्दी मिलाइएको छ ।
प्रदेश सरकारले अस्पतालका लागि मेडिकल अधिकृत डा हरि सेढार्इंलाई नियुक्त दिएर पठाएको छ । पालिकाका अध्यक्ष चुमानले लामो समयदेखिको दरबन्दीको मागलाई प्रदेश सरकारले सम्बोधन गरिदिएको बताउनुभयो। “अस्पतालमा सरकारी दरबन्दीको चिकित्सकको माग गरेका थियौँ, हाम्रो मागलाई प्रदेश सरकारले सुनेको छ”, उहाँले भन्नुभयो ।
गाउँपालिकाले यसअघि निजी स्रोतमा एक मेडिकल अधिकृत र एक कन्सलट्यान्ट चिकित्सक नियुक्त गरेको थियो । गाउँपालिकाले वडानं ३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी गत मङ्सिर १ गतेदेखि अस्पतालमा रुपान्तरण गरेको थियो । उक्त अस्पतालमा इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान भइरहेको छ ।
गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अध्यक्ष चुमानले बताउनुभयो । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायत ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता थियो। गाउँपालिकाले अस्पतालबाटै मिर्गौलाका बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ । रासस
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
