
जनस्वास्थ्य सरोकार, काठमांडौ । नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनल बिच आँखा उपचारका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
शुक्रबार नेत्रज्योति संघको केन्द्रिय कार्यलयमा संघका तर्फबाट अध्यक्ष प्रा.डा. चेतराज पन्त, महासचिव भरत बहादुर चन्द र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलका तर्फबाट अध्यक्ष नारायण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
नेपालीहरुलाई सहज तथा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित दुई संस्था बिचमा सम्झौता भएको संघका अध्यक्ष प्रा.डा. पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार हेल्पिङ ह्याण्ड इन्टरनेशनलले संघद्धारा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुलाई निःशुल्क चस्मा उपलब्ध गराउने छ भने उक्त चस्मा संघले लक्षित बर्गलाई निःशुल्क वितरण गर्नेछ ।
दुई संस्थाहरुको सहकार्यबाट गरिबीको रेखामुनी रहेका नेपालीहरुले सहज र सरल रुपमा आँखा उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा संस्थाहरुले राखेका छन् ।
नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
त्यस्तै हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनल अमेरिकाको क्लोराडोमा रहेको गैर नाफामुलक संस्था हो जसले नेपालमा रहेका अल्पसंख्यक समुदायहरुको स्वास्थ्य तथा शिक्षाको स्तर सुधारको क्षेत्रमा काम गरिरहेको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
