जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा स्नातक अध्ययनका लागि यस वर्ष गत वर्षकै शुल्क कायम गरिएको छ । शैक्षिक सत्र २०७९/८० मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि गत वर्षकै शुल्क कायम गरिएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले बताउनुभयो ।

शैक्षिक सत्र २०७९/८० मा एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ निर्धारण गरिएको छ भने उपत्यकाबाहिरका लागि ४५ लाख ९५ हजार ७२० रुपियाँ तोकिएको छ ।
यसैगरी आयोगले बीडीएस अध्ययनका लागि २० लाख ९२ हजार २९० रुपियाँ शुल्क कायम गरेको छ । २०७७/७८ सालको शुल्कको तुलनामा शैक्षिक सत्र २०७८/७९ मा ३ दशमलब ६ प्रतिशतले शुल्क वृद्धि गरिएको भएपनि शैक्षिक सत्र २०७९/८० का लागि गत वर्षकै शुल्क कायम गरिएको आयोगका उपाध्यक्ष प्रा.डा. गिरीले स्पष्ट पार्नुभयो ।
यसैगरी बीएस्सी नर्सिङ अध्ययन गर्ने विद्यार्थीले १० लाख ३६ हजार, बी फार्मेसी, बीपीएच, व्याच्लर इन अप्टोमेट्री, बी.पर. टेक. बीएएसएलपी, वीपीटी, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी, ब्याच्लर इन मेडिकल माइक्रोबायोलोजी, ब्याच्लर इन मेडिकल बायोकेमेष्ट्रिमा ७ लाख ७७ हजार, बाम्समा ११ लाख ३१ हजार ९३०, बीएनएस—विपिएनमा ११ लाख ३१ हजार ९३०, बीएनएस— बीपीएनमा ५ लाख १८ हजार, डिप्लोमा इन फार्मेसीमा ६ लाख ७३ हजार ४०० रुपियाँ शुल्क बुझाउनुपर्नेछ ।
सरकारी अस्पतालको जग्गा जोगाउन स्वास्थ्य मन्त्रालयको कडा निर्देशन
बिहीबार, वैशाख ३१, २०८३
स्वास्थ्यलाई प्राथमिकता दिने सरकारको घोषणा
सोमबार, वैशाख २८, २०८३
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३


