
जनस्वास्थ्य सरोकार, मोरङ । प्रदेश नं १ प्रमुख पर्शुराम खापुङले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
अरनिको हस्पिटल प्रालिको नवौँ साधारणसभामा उहाँले स्थानीय, प्रदेश, सङ्घीय सरकार साथै तमाम नागरिक र सङ्घसंस्थाले हालेमालो गरेर यस क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
मोरङको उर्लाबारीमा अवस्थित हस्पिटलले सामाजिक र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै प्रदेश प्रमुख खापुङले आगामी दिनमा जनतालाई गुणस्तरीय सेवा दिएर जनमैत्री बन्न सुझाव दिनुभयो । सो अवसरमा समाजमा योगदान पु¥याउने सङ्घसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा पूर्व नगरप्रमुख खड्ग फागो, सञ्चारकर्मी जग्गनाथ भट्टराई, सरोज बस्नेत, स्वास्थ्यकर्मी सन्दीप योङहाङ, कलाकर्मी मञ्जुल मितेरीलगायत हुनुहुन्थ्यो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

