
जनस्वास्थ्य सरोकार, नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताउनुभएको छ ।
दादुरा प्रभावित बाँकेको नेपालगन्ज उपमहानगरपालिका५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पुगेर दादुरा प्रभावितहरूको अवस्थाबारे जानकारी लिँदै उहाँले दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र पारेको बताउनुभयो ।
उहाँले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण रहेकाले अन्य कामलाई छोडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन सुझाव समेत दिनुभयो । वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खानले दादुरा सङ्क्रमणको अवस्था, नियन्त्रणका लागि गरिएका प्रयास र समस्याबारे जानकारी गराउनुभएको थियो ।
बाँकेका पाँच वटा पालिका दादुराबाट प्रभावित छन् । अहिलेसम्म २६० जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा २०३ जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । दादुराबाट एक जनाको मृत्यु हुँदा ६३ जना उपचाररत छन् ।
दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल, महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरी, उप-निर्देशक डा. रोशनलाल चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायत पुग्नुभएको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
