
जनस्वास्थ्य सरोकार, नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताउनुभएको छ ।
दादुरा प्रभावित बाँकेको नेपालगन्ज उपमहानगरपालिका५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पुगेर दादुरा प्रभावितहरूको अवस्थाबारे जानकारी लिँदै उहाँले दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र पारेको बताउनुभयो ।
उहाँले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण रहेकाले अन्य कामलाई छोडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन सुझाव समेत दिनुभयो । वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खानले दादुरा सङ्क्रमणको अवस्था, नियन्त्रणका लागि गरिएका प्रयास र समस्याबारे जानकारी गराउनुभएको थियो ।
बाँकेका पाँच वटा पालिका दादुराबाट प्रभावित छन् । अहिलेसम्म २६० जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा २०३ जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । दादुराबाट एक जनाको मृत्यु हुँदा ६३ जना उपचाररत छन् ।
दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल, महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरी, उप-निर्देशक डा. रोशनलाल चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायत पुग्नुभएको थियो ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
