
जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष सुरु गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले हेमो डायलाईसिस कक्षको उद्घाटन गर्नुभएको हो ।
कक्षको उद्घाटन गर्दै मन्त्री गिरीले डायलाइसिस सेवा लिइरहेका ५२ वर्षीय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा दिएर स्वास्थ लाभको कामना गर्नुभयो । नयाँ हेमो डायलाइसिस कक्षमा ६ जनाको क्षमता रहेको छ ।
कक्षको उद्घाटन गर्दैै मन्त्री गिरी सिमित स्रोत साधनका बाबजुद पनि भेरी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा सरकारको प्रमुख प्राथमिकता सम्पूर्ण नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चत गर्नु भएको उहाँले बताउनुभयो । गरिब र विपन्न क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गर्ने उहाँले जिकिर गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

