
जनस्वास्थ्य सरोकार, सुर्खेत । वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्न राजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटनामा परी चार जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।
छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको उक्त गाडी आइतबार बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि ७०/८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गा.पा.–५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ का बबिन शाही, दैलेख गुराँस गापा–३ बस्ने वर्ष ३६ का राजेन्द्र बीसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाइ छ।
उनीहरु सबै स्वास्थ्यकर्मी हुन्। दिपेन्द्र दैलेख डुंगेश्व गाउँपालिका स्वास्थ्य शाखामा, बबिन भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखामा, राजेन्द्र गुँरास गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत थिए। सागर भने सवारी चालक हुन्।
त्यसैगरी, दैलेख भैरवी गापा– ५ बस्ने वर्ष २६ का वीरेन्द्रराज शाहीको छातीमा गम्भीर चोट लागेको हुँदा उपचार भइरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

