जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको पहिलो १५१८९ आइएसओ मान्यता प्राप्त सम्यक डायग्नोष्टिक प्रा. लि. ले काठमाडैंको बुढानिलकण्ठमा आफ्नो संकलन शाखा विस्तार गरेको छ । सोमबारदेखि सम्यकले औपचारिक रुपमा सो शाखाबाट सेवा शुरु गरेको हो ।

एक कार्यक्रमबीच वरिष्ठ प्याथोलोजीष्ट एवं सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा. केयूर गौतमले पानसमा बत्ती बालेर सो शाखाको उद्घाटन गर्नुभयो ।

ललितपुरको जावलखेल चोकमा मुख्य सेन्टर रहेको सम्यक डायग्नोष्टिकले वुढानिकलण्ठ क्षेत्र आसपासका सम्बन्धित बिरामीहरुको सुविधालाई ध्यानमा राखेर संकलन शाखा विस्तार गर्न सफल भएको अध्यक्ष डा. गौतमले बताउनुभयो । यो सँगै सम्यकको सेवा ललितपुरको जावलाखेल, काठमाडौंका मध्यबानेश्वर, भक्तपुरको गठ्ठाघर र बुढानिलकण्ठमा विस्तार भएको छ । बुढानिलकण्ठबाट नमुना संकलन गरेर प्रयोगशालामा पठाउने र मोवाइल तथा अनलाइनको माध्यमबाट सम्बन्धित बिरामीको रिपोर्ट उपलब्ध गराउने डा. गौमले जानकारी गराउनुभयो ।
‘नमुना संकलन गर्दा गुणस्तर कायम राख्नुपर्छ । आइस प्याकको बट्टामा ४ देखि ८ डिग्री सेन्टिग्रेडमा नमुना २ देखि ३ घण्टाभित्र ल्यावभित्र पठाइसक्नुपर्छ ।’—डा. गौतम भन्नुहुन्छ—‘यसप्रति हामी निकै सजग छौ ।’
डा. केयूर विगत ८ वर्षदेखि सम्यक डायग्नोष्टिक प्रा.लि.का कन्सल्ट्यान्ट प्याथोलोजिष्ट एवं संस्थापक अध्यक्ष हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा लेक्चरर, ग्रान्डी इन्टरनेशनल हस्पिटलको प्याथोलोजी र ल्याबोरेटोरी मेडिसिन विभागको प्रमुख भएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै सन् २०१४ मा स्थापना भई सन् २०१५ मा नेपालको पहिलो आईएसओ १५१८९ मान्यता प्राप्त स्टैण्डएलोन ल्याब सञ्चालनमा ल्याउन सफल हुनुभयो । मुलुकमा आईएसओ १५१८९ मान्यता प्राप्त ल्यावको विकास र विस्तार भएमा गुणस्तरीयताको सुनिश्चितता हुने डा. केयूरको मान्यता छ । यसले ल्याव रिपोर्टको गुणस्तरप्रति बिरामीहरुको विश्वास र भरोसा बढ्दै जान्छ ।

डा. केयूर ल्याव गुणस्तरका एउटा अभियन्ता हुनुहुन्छ । सन् २००७ सालदेखि प्याथोलोजी सेवामा समर्पित उहाँ र उहाँको संस्थाले वर्षमा १ लाख व्यक्तिलाई विभिन्न प्याथोलोजी टेष्टहरुमा सेवा दिने गरेको छ ।
नेपालमा इन्ट्रिगेसन वाइ डाइरेक्सनल इन्टरफेज गराउने पहिलो व्यक्ति डा. केयूर गौतम हुनुहुन्छ । अहिले एक दर्जनभन्दा बढी ल्यावहरुले यो सिस्टम अपनाइसकेका छन् । नेपालमा सन् २०१४ मा इम्युनोफ्लोरोसेन्ट जुन मिर्गौलाका बिरामीहरुलाई एएनए र डि.एस.डि.एन.ए. परीक्षण शुरु गर्ने पहिलो व्यक्ति हुनुहुन्छ डा. केयूर । हालसम्म आधा दर्जनजतिले आईएसओ १५१८९ प्रमाण चिन्ह लिइसकेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आईएसओ १५१८९ प्रमाण चिन्ह प्राप्त गर्दा पनि डा. केयूरले कन्सलट्यान्टको भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
