
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीविरूद्ध सोमबार अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आधिकारिक निकायबाट प्राप्त नभएको ओहदा पाएको भन्दै प्रोफेसर पदको दुरुपयोग गरेकोले मुद्दा दायर गरिएको हो ।
उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा बद्नियतसाथ कुनैपनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ प्रोफेसर पद प्रयोग अख्तियारको दुरुपयोग भएको उनीविरुद्ध दायर अभियोगपत्रमा उल्लेख छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय मागदावी गरिएको अख्तियारले जनाएको छ । यस्तै सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दावी लिइएको अख्यिारले जनाएको छ ।
उक्त दफामा भपाएको ओहोदा पाएँ भन्नेलाई एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । यस्तै अख्तियारले गिरी सार्वजनिक संस्थाका पदाधिकारी रहेकाले यस कसुरमा थप ३ वर्ष कैद गर्न माग गरेको छ ।
साथै उक्त कार्यमा विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका देखिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुरमा कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

