
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।
हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवारोग सम्बन्धी अस्पतालहरुको सेवा बिस्तार हुन आवश्यक रहेको बताउँदै उहाँले आउनसक्ने विभिन्न खाले प्रकोपलाई धान्नसक्ने अस्पतालहरु पालिकास्तरमा बनाउनुपर्नेमा जाेड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अब मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल नै आउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । अब गाउँ गाउँमा, पालिका, पालिकामा, नगरुपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धीका अस्पतालहरु हुन जरुरी छ । त्यस्ता प्रकोप धान्नसक्ने जोखिम उठाउनसक्ने अस्पतालहरु हुन आवश्यक छ । यो हामीले बनाउन सक्नुपर्छ । त्यसको लागि विकेन्द्रीकरण कसरी गर्न सकिन्छ, शुक्रराज अस्पतालले दिइरहेका सेवालाई कसरी विकेन्द्रकरण गर्न सकिन्छ ? त्यसका लागि हामी तत्पर रहने छाँै । हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेण्डा बोकेर अघि आएका छौँ ।’
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
