
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित हुनुभएको छ । समाजको पाचौं राष्ट्रिय अधिवेशन पराजुली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँ २१२ मतसहित निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी रामश्रेष्ठ राय यादवले १८१ मत प्राप्त गर्नुभएको थियो । समाजको वरिष्ठ उपाध्यक्षमा महेश थापा, उपाध्यक्ष महिलातर्फ सबिता निरौला श्रेष्ठ र उपाध्यक्ष गैरसरकारीतर्फ यम लाल भट्टराई विजय हुनुभएको छ ।
त्यस्तै, महासचिवमा नविन किरण भुसाल, सचिव खुल्लातर्फ राम नारायण प्रसाद, सचिव गैरसरकारीतर्फ श्याम सुन्दर झा, कोषाध्यक्षमा धिरेन्द्र कुमार सिंह विजय हुनुभएको छ ।
प्रदेश न १ को सदस्यमा राजेन्द्र पोखरेल निर्विरोध चयन हुनुभएको छ । मधेश प्रदेश सदस्यमा जितेन्द्र प्रसाद सिंह, बाग्मती प्रदेश सदस्यमा मनिल नेपाली, गण्डकी प्रदेश सदस्यमा प्रकाश चन्द्र सुवेदी, लुम्बिनी प्रदेश सदस्यमा मन्जु सुवेदी विजय हुनुभएको छ ।
कर्णाली प्रदेश सदस्यमा हेमन्त चन्द र सुदूरपश्चिम प्रदेश सदस्यमा डम्बर बहादुर देउवा निर्विरोध निर्वाचित हुनुभएको छ । साथै, गैरसरकारी केन्द्रिय सदस्य पुरुषमा प्रकाश चन्द्र लोहनी विजय भएका छन् भने महिलातर्फ उर्मिला कुमारी ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
