
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन अगाडि एक युवकले पेट्रोल छर्केर आत्मदाहका प्रयास गरेका छन् । मंगलबार दिउँसो नयाँबानेश्वरको सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्ने युवक इलामका प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ। संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै युवकले आत्मदाहको प्रयास गरेको पनि बताइको छ । तर, उनले के कारण आत्मदाहको प्रयास गरे त्यो भने विस्तृत रुपमा खुलेको छैन ।
आत्मदाहको प्रयास गरेका उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । किन आत्मदाहको प्रयास गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

