
जनस्वास्थ्य सरोकार, भक्तपुर । मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ ।
बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि बिक्री गर्न राखेको, अनुमतिबिना क्लिनिकमै गर्भपतनदेखि चिरफारसमेत गरेको पाइएको हो ।
अनुगमन गरिएका केही औषधि पसलमा लागुऔषधका रुपमा लिइने र चिकित्सकको अनुमतिबिना बिक्री गर्न नपाइने नार्कोटिक पनि जथाभावी बिक्री गरेको पाइएको अनुगमन समितिका निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा लोकहित डेन्टल होम, च्याम्हासिंह मेडिकल हल, कल्याण फार्मेसी, नवदुर्गा औषधि पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ ।
समितिले बिक्रीका लागि राखिएको म्याद नाघेका औषधि ओविचेक–१०० एस आर, फेबु–४० लगायतका औषधि जफत गरी नष्ट गरेको निरीक्षक प्रजापतिले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

