
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद औषधि व्यवसायी संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको शनिबार सम्पन्न पाँचौ केन्द्रीय अधिवेशनले रामचन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा बालचन्द्र अधिकारी, महिला उपाध्यक्षमा निर्मला केसी, उपाध्यक्षमा गंगाप्रसाद ढकाल, महासचिवमा लेखनाथ भुसाल, सचिवमा कृष्ण तिमिल्सिना र सरोज यादव, कोषाध्यक्षमा उमाशंकर प्रसाद साह, सहकोषाध्यक्षमा वेदव्यास सुवेदी चयन हुनुभएको छ ।
यसैगरी, प्रदेश सदस्यहरुमा विष्णुकुमार कार्की, महम्मद जहागिर राँकी, धनबहादुर कुमाल, गिरिराज शर्मा भट्टराई, शेरबहादुर खड्का र जयराज भट्ट चयन हुनुभएको छ ।
खुला सदस्यमा मधु वस्ती, रविन्द्र देसार, कमलप्रसाद ओली, डिल्ली प्रसाद घिमिरे र लक्षबहादुर विक चयन भएका छन् भने आरक्षण सदस्य तर्फ रणदेव हजाम, चुडाराज खनाल, नीता विश्वकर्मा, गोमा घिमिरे र मिङ्मा भोटे चयन हुनुभएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
