
जनस्वास्थ्य सरोकार, विरगंज । विरगंजका विभिन्न अस्पतालमा कार्यरत नर्सहरुलाई नवजातशिशु पुर्नजीवन सम्बन्धी तालिम दिइएको छ ।
नेपाल नर्सिङ दिवसको अवसरमा नेपाल मेडिसिटी बयोधा अस्पतालले विरगंजका विभिन्न अस्पतालमा कार्यरत ४० जना बढी नर्सहरुलाई ‘नवजातशिशु पुर्नजीवन तालिम’ दिएको हो ।
अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. आनन्द रौनियार, डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेण्ट विद्यागुप्ता, असिस्टेन्ट नर्सिङ्ग सुपरिन्टेन्डेण्ट रविन्द्र कानुले नर्सहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
तालिममा सहभागी नर्सहरुलाई नवजातशिशुहरुको अस्पतालमा गरिने उपचार एवं सघन उपचार कक्षमा गरिने उपचारबारे ब्यवहारिक ज्ञान दिइएको अस्पतालले जनाएको छ ।
नर्स अस्पतालको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै बिरगंजस्थित नेशनल मेडिकल टिचिङ्ग हस्पिटलकी नर्सिङ्ग निर्देशक गंगा गुरुङ्गले नर्सले आफ्नो ज्ञान र सीपलाई अभिबृद्धि गर्दै अस्पतालमा दीगो सेवालाई प्रत्याभूत गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै बिरगंज नर्सिङ्ग क्याम्पसका प्रमुख जमुना भट्टराईले अस्पतालहरुले नर्सहरुको सेवा, सुविधा तथा जीवनयापनका लागि पर्याप्त पारिश्रमिकको व्यवस्था गरे उनीहरुको कार्यकुशलतामा अभिबृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले नर्सहरुको ज्ञान र सीपलाई अभिबृद्धि गर्ने उदेश्यले तालिम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले विरगंजमा सम्पूर्ण उपचार सेवा सम्भव बनाउन विभिन्न अस्पतालहरुसंग सहकार्य गरिरहेको उल्लेख गर्नुभयो ।
।






चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

