
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । नेपालगञ्जमा फैलिएको दादुरा संक्रमण रोकिएको छ। नयाँ बिरामी देखा पर्न छोडेसँगै २२ दिनसम्म निरन्तर चलेको खोप अभियान पनि स्थगित भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार पुस १२ गतेदेखि दादुरा संक्रमण फैलिएपछि पुस २२ गतेदेखि खोप अभियान सञ्चालन गरिएको थियो।
यो अवधिमा नेपालगञ्जमा २ सय २९ जना दादुरा संक्रमित फेला परेका थिए। अहिले ८ जना घरमै बसेर उपचार गरिरहेका छन्। अरू सन्चो भइसकेका छन्।
सरकारले सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिइरहँदा नेपालगञ्जमा दादुरा महामारी नै फैलिएको थियो। नेपालगञ्जमा ६ महिनादेखि १५ वर्ष उमेरका ४६ हजार ५ सय ६३ जना बालबालिकालाई खोप लगाइएको छ।
नेपालगञ्जसँगै जिल्लाको खजुरा, कोहलपुर, डुडुवा र नरैनापुर गाउँपालिकामा पनि दादुरा देखिएको थियो। निरन्तरको खोप अभियानपछि यी पालिकामा पनि दादुरा संक्रमण न्यूनीकरण भएको छ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
