
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । नेपालगञ्जमा फैलिएको दादुरा संक्रमण रोकिएको छ। नयाँ बिरामी देखा पर्न छोडेसँगै २२ दिनसम्म निरन्तर चलेको खोप अभियान पनि स्थगित भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार पुस १२ गतेदेखि दादुरा संक्रमण फैलिएपछि पुस २२ गतेदेखि खोप अभियान सञ्चालन गरिएको थियो।
यो अवधिमा नेपालगञ्जमा २ सय २९ जना दादुरा संक्रमित फेला परेका थिए। अहिले ८ जना घरमै बसेर उपचार गरिरहेका छन्। अरू सन्चो भइसकेका छन्।
सरकारले सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिइरहँदा नेपालगञ्जमा दादुरा महामारी नै फैलिएको थियो। नेपालगञ्जमा ६ महिनादेखि १५ वर्ष उमेरका ४६ हजार ५ सय ६३ जना बालबालिकालाई खोप लगाइएको छ।
नेपालगञ्जसँगै जिल्लाको खजुरा, कोहलपुर, डुडुवा र नरैनापुर गाउँपालिकामा पनि दादुरा देखिएको थियो। निरन्तरको खोप अभियानपछि यी पालिकामा पनि दादुरा संक्रमण न्यूनीकरण भएको छ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
