
जनस्वास्थ्य सरोकार, काठमाडौं । बाँकेका चार विद्यालयमा दुई हजार ८६८ विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
सरकारको सहयोगमा नेपाल नेत्रज्योति संघ र फत्तेवाल आँखा अस्पताल नेपालगन्जले आयोजना गरेको स्वास्थ्य शिविरमा सो संख्यामा विद्यार्थीको आँखा परीक्षण गरिएको हो । आँखा जाँच शिविर कार्यक्रम नेपालगन्ज महानगरपालिकाका चारवटा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको थियो ।
माघ ११ गतेदेखि चार दिनसम्म चलेको शिविरमा फुलटेक्रा माध्यामिक विद्यालयका ४०० जना, महेन्द्र माध्यामिक विद्यालयका ४०४, युद्ध संस्कृत माध्यामिक बिद्यालयका २१४ र धम्बोझी माध्यामिक विद्यालयका १ हजार ८५० जना विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिनुभयो ।
आँखा परीक्षण गरिएकामध्ये मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थिलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

