
जनस्वास्थ्य सरोकार, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ।
वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो । वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पाइएपछि वडाले बजेटको व्यवस्था गरी औषधि वितरण थालेको हो।
चालु आर्थिक वर्षमा रु चार लाख बजेट व्यवस्था गरी औषधि वितरण थालिएको वडाध्यक्ष विमल राईले जानकारी दिनुभयो ।
स्वास्थ्यचौकी ओयामबाट उच्च रक्तचाप र मधुमेहको औषधि खाने ६० वर्षमाथिका वडावासीको तथ्याङ्क सर्वेक्षणपछि वडाले स्वास्थ्य शिविर आयोजना गरेको थियो। वडाध्यक्ष राईका अनुसार स्वास्थ्य परीक्षणपछि उच्च रक्तचाप र मधुमेहको औषधि वितरण थालिएको हो।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



