नेभिगेशन

पूर्बखोलामा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

जनस्वास्थ्य सरोकार, पाल्पा। पाल्पाको पूर्बखोला गाउँपालिकामा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनको सहयोगमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया कार्यक्रममा ६ सय २६ जनाको आँखा परीक्षण गरिएकोमा ७० जनामा मोतीबिन्दु देखिएपछि निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ ।

मोतीबिन्दु देखिएकोमा २२ जनाको कालिगण्डकी आँखा उपचार केन्द्र रामपुरमा र २५ जनालाई पूर्वखोला गाउँपालिका वडा नम्बर ३ मा निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।

कार्यक्रममा पूर्बखोला गाउँपालिका भित्रका ६ वटै वडाका नागरिकहरूको सहभागिता थियो । पछिल्लो समय पाल्पाका स्थानीय तहहरुले ग्रामीण नागरिकको स्वास्थ्यमा ध्यान दिँदै यस खालका कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट