
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व छनौटका लागि उपत्यकामा आजबाट मतदान सुरु हुँदै छ ।
तीन दिन (२१ माघ ) सम्म चल्ने निर्वाचनका लागि काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठान (गोलघर सभा कक्ष) मतदानस्थल कायम गरिएको छ ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।
यसपटकको निर्वाचनमा डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह, डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएका छन ।
२९ औं केन्द्रीय कार्यकारिणी समितिका लागि माघ ६ गते शुक्रबार र ७ गते शनिबार संघका १६ वटा शाखा कार्यालयहरुमा निर्वाचन कार्यक्रम सम्पन्न भईसकेको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

