
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच पत्रकारको आँखासम्बन्धी स्वास्थ्योपचार गर्नका लागि सम्झौता भएको छ। महासङ्घमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटरलगायतका उपकरणको प्रयोगले पत्रकारमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताउँदै दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभवान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष प्रा.डा.चेतराज पन्तले जनचेतनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीले उपचार पाउन नसकेको भन्दै निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेकाले त्यसको निराकरण गर्न संस्था लागेको बताउनुभयो ।
सम्झौतापत्रमा उल्लेख भएअनुसार महासङ्घको समन्वयमा छ वटा प्रदेशमा फागुनभित्र र दुवै संस्थाको स्थापना दिवसको अवसर पारेर चैत महिनामा काठमाडौँ उपत्यकामा रहेका पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने उल्लेख छ। शिविरमा पत्रकारका लागि आवश्यक चश्मासमेत निःशुल्क उपलब्ध गराइने छ।
विसं २०३५ मा स्थापना भएको गैरनाफामूलक संस्था नेपाल नेत्रज्योति सङ्घको ४४ वटा जिल्ला शाखा, २७ वटा आँखा अस्पताल र एक सय ५० आँखा उपचार केन्द्र रहेका छन्।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
