विश्वभर आज क्यान्सर दिवस मनाइदैछ । सन् २०२२ देखि निरन्तर तीन वर्षसम्म ‘क्यान्सर उपचारमा रहेको ग्याप हटाउँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
क्यान्सरका कुनै पनि (धनी, गरिब सबै) बिरामीले हेरचाहमा विभेद झेल्नु नपरोस् भन्ने यो नाराको आशय हो । अर्थात् क्यान्सर रोगीको हेरचाहमा भइरहेको असमानता पहिचान गरी यस्तो गल्तीलाई निरन्तरता दिन हुँदैन भन्ने मान्यता नारामार्फत प्रवाह गर्न खोजिएको छ ।
क्यान्सरको हेरचाहमा हुने असमानता नागरिकको जीवनसँग जोडिएको छ । सन् २०२२ मा सुरू गरिएको यो नाराले आगामी ४ फेब्रुअरी २०२४ सम्म निरन्तरता पाउने छ । यसअघि सन् २०१९ देखि २०२१ सम्म ‘म छु र म हुनेछु’ भन्ने नारा दिएर दिवस मनाइएको थियो ।
क्यान्सर विश्वभर मृत्युको प्रमुख कारण बनेको छ । विश्व क्यान्सर दिवस हरेक वर्ष ४ फेब्रुअरीमा यो रोग र यसले निम्त्याउने आतंकसँग लड्ने प्रयास बारे चर्चा गर्न मनाइन्छ । यस वर्ष विश्व क्यान्सर दिवसको रंगा सुन्तला र निलो राखिएको छ । यो दिनले प्रारम्भिक पहिचान, उपचार र भावनात्मक सहयोगमार्फत रोगसँग लड्न एकजुट भएर काम गर्न आह्वान गर्छ ।

क्यान्सर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संघ (यूआईसीसी) को पहलमा सन् २००० देखि दिवस मनाउन थालिएको हो । त्यो वर्षको ४ फेब्रुअरीमा क्यान्सरविरुद्ध फ्रान्सको पेरिसमा भएको विश्व शिखर सम्मेलनले दिवस मनाउने निर्णय गरेको थियो ।
जीवनको उत्पादनशील अवस्थामै क्यान्सरको जोखिम बढी
यो एक विश्वव्यापी पहल हो जुन पहिलोपटक सन् २००० मा क्यान्सरबारे चेतना जगाउन र यसको प्रारम्भिक पहिचान, रोकथाम र उपचारलाई प्रोत्साहित गर्न आयोजना गरिएको थियो । मानव जाति एक सयभन्दा बढी प्रकारका क्यान्सरबाट पीडित छ ।
विश्व क्यान्सर दिवसको सबैभन्दा महत्वपूर्ण कारकमध्ये एक प्रारम्भिक क्यान्सर स्क्रिनिङ र अन्य धेरै कारकको महत्ववको वकालत गर्नु हो । किन क्यान्सरको लागि प्रारम्भिक स्क्रिनिङ महत्वपूर्ण छ र यसलाई विकल्पको रूपमा किन व्यवहार गर्नु हुँदैन ।
यसकारण महत्वपूर्ण प्रारम्भिक स्क्रिनिङ
सामान्य स्वास्थ्य हेरचाहको लागि क्यान्सर स्क्रीनिङ आवश्यक छ । स्क्रीनिङबाट प्राप्त तथ्यले क्यान्सरबाट बच्ने सबैभन्दा राम्रो उपाय थाहा पाउन सकिन्छ । जति चाँडै रोग पत्ता लाग्छ त्यति नै चाडो यसका घातक कोशिकाहरू शरीरका अन्य भागमा फैलनबाट रोक्ने प्रयास गरिन्छ ।
प्रारम्भिक क्यान्सर निदानको लक्ष्य भनेको लक्षण भएका व्यक्तिलाई सकेसम्म चाँडो पहिचान गर्नु हो ता की उनीहरूले उपचारको उत्तम मौका पाउन सकुन् ।
प्रारम्भिक निदानले क्यान्सरको नतिजालाई सुधार गर्छ । यसलाई सबै सन्दर्भमा एक आवश्यक सार्वजनिक स्वास्थ्य दृष्टिकोण बनाउँछ । प्रारम्भिक निदान एउटा प्रविधि हो, जबकी स्क्रीनिङ अर्को हो । यसलाई परीक्षण, परीक्षा वा अन्य प्रक्रियाहरू प्रयोग गरेर अज्ञात रोगको पहिचान भनिन्छ ।
क्यान्सर स्क्रिनिङ प्रारम्भिक निदानभन्दा एक अद्वितीय र अधिक जटिल सार्वजनिक स्वास्थ्य रणनीति हो । धेरै मानिस क्यान्सर स्क्रिनिङको लागि अपोइन्टमेन्ट तय गर्न हिचकिचाउँछन् ।
कहिलेकाहीँ मानिस आफ्नो शरीरमा रोग छ भन्ने तथ्यलाई स्वीकार गर्नुभन्दा अज्ञानी रहन्छ । तर, अज्ञानताले रोग हट्दैन । समस्या समाधान गर्ने एक मात्र उपाय शरीरबाट रोग हटाउने प्रयास हो ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार, सन् २०२० को तथ्याङ्कअनुसार, क्यान्सरका कारण विश्वमा वर्षेनी एक करोड व्यक्तिको मृत्यु हुने गरेको छ । ६ जनाको मृत्यु हुँदा एकजना क्यान्सरका कारण हुने गरेको छ
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

