नेभिगेशन

नेपालका पहिलो गभर्नर हिमालय शमशेर जवराको निधनः जो स्वस्थानी पूर्णिमाको दिन जन्मिए, त्यही दिन अस्ताए

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा आईसियूमा उपचार गरिरहेको अवस्थामा आज बिहान ३ बजेतिर उहाँको निधन भएको परिवारले जानकारी दिएको छ ।

९५ वर्षीय जवरा विगत ५ वर्षदेखि पार्किन्सन्स समस्याबाट पीडित हुनुहुन्थ्यो । शरीरमा युरिया उच्च देखिएका कारण एकसातादेखि हस्पिटलमा उपचारत जवराको बीचमा खाना खाँदा सर्किएर फोक्सोमा गएको विगत तीन दिनदेखि सिकिस्त अवस्थामा आईसियूमा उपचारका क्रममा निधन भएको उहाँका ज्वाईं एवं पूर्वमन्त्री सुनिलकुमार थापाले जानकारी गराउनुभएको छ ।

सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मएका जबराको आज स्वस्थानी पूर्णिमाकै दिन निधन भएको उहाँकी छोरी संगाीता थापाले उल्लेख गर्नुभएको छ । जवरा नेपाल सरकारको सचिव हुँदै बि.सं.२०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर बन्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट