नेभिगेशन

चिकित्सक संघको निर्वाचन : लोकतान्त्रिक समूहको अग्रता, क–कसले कति मत प्राप्त गरे ?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। अहिले नेपालगञ्ज मतदान केन्द्रबाट मत गणना सुरु गरिएको निर्वाचन समिति जनाएको छ ।

हालसम्म प्राप्त मत परिणाम अनुसार लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा. अनिलबिक्रम कार्कीले १०२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रगतिशिल समूहका डा. सन्तोष पौडेलले ८३ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र समूहका डा. शिवजी शिलवालले ९ मत पाउनुभएको छ ।

यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा. सन्जिब तिवारीले ८३, स्वतन्त्र समूहका डा अमृत भुसालले ७६ र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले ४१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षतर्फ मधेस प्रदेशमा डा. अजय कुमार मिश्रले ४६, डा. महेश महासेठले ३३ र डा. निरज कुमार सिंहले ३२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्ष बागमती प्रदेशतर्फ डा. प्रकाश बुढाथोकीले १०६ मत र डा सञ्जय कुमार ठाकुरले ५८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै गण्डकी प्रदेश उपाध्यक्षमा डा विकास गौचनले ६० मत प्राप्त गर्दा डा राजन शर्माले १२० मत प्राप्त गर्नुभएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. निरज अर्यालले ३७ मत प्राप्त गर्नुभएको छ भने डा. प्रशान्त भट्टले १४९ मत प्राप्त गर्नुभएको छ । अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।

त्यस्तै सदस्यहरुमा डा. अभियान गौतम ९०, डा. अमित रञ्जन मिश्र ६४, डा. चेतन बस्नेत ६५, डा. किशोर खत्री १५१, डा. मनोर दिन शैय्यद ४९, डा. मोहम्मद अनामुल हक ५०, डा. पदम नेपाली दर्जी ७८, डा. रमेश श्रेष्ठ ४५, डा. रामकृष्ण आचार्य ४०, डा. स्मर्ति महत १६४, डा. सृजना विष्ट ८२, डा. सुरेन्द्र यादव २९, डा. तेज्सु सिंह मल्ल ९५ र डा. युभिन कुमार यादवले ६२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचनमा ६ हजार २९२ मत खसेको छ। काठमाडौं उपत्याकाभित्र बिहीबार ५८९, शुक्रबार ९८५ र शनिबार १०६८ गरी २ हजार ६ सय ४२ मत खसेको छ भने काठमाडौं उपत्यकाबाहिर ३ हजार ६५० मत खसेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट