जनस्वास्थ्य सरोकार, काठमाडौं । एक सदस्यबाहेक नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिल बिक्रम कार्कीको प्यानल विजयी भएको छ । डा. कार्कीले १ हजार २१४ को मनान्तरले उहाँका प्रत्यासी डा. सन्तोष पौडेललाई पराजित गर्नुभएको छ ।

डा. कार्कीले ३ हजार ५३७ मत प्राप्त गर्दा डा. पौडेलले २ हजार ३३२ मत प्राप्त गर्नुभएको थियो । आज सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।
यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा.सञ्जिव तिवारी विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रत्यासी डा अमृत भुसाललाई १ हजार ३७७ मतान्तरले पराजित गर्नुभएको छ । डा. तिवारीले २ हजार ९१८ मत प्राप्त गर्नुभएको थियो भने भुसालले १ हजार ५४१ मत प्राप्त गनुृभयो । यसैगरी अर्की उम्मेदवार रक्षा श्रेष्ठले १५०५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा. निरज कुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा प्रशान्त भट्ट विजयी हुनुभएको छ ।
सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी हुनुभएको छ ।
यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएका लोकतान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्ष डा वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा. विपेश आचार्य, कोषाध्यक्ष डा. प्रमोद जोशी, सह कोषाध्यक्ष डा. विक्रान्त ढकाल र सह सचिवमा डा. लिजन महर्जन हुनुहुन्छ ।
संघको निर्वाचनमा कुल ६ हजार २९१ मत खसेको थियो।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
