
जनस्वास्थ्य सरोकार, काठमाडौँ । हामीले दैनिकरुपमा भान्सामा प्रयोग गर्दै आएको धेरै तरकारीहरुमा औषधीय गुण लुकेको हुन्छ । खाद्यन्नबाहेक हरियो सागसब्जीलगायत विभिन्न किसिमका चिजहरुले हाम्रो भान्सालाई स्वस्थ्य बनाउन मद्दत गरेको हुन्छ ।
खानाले हाम्रो शरिरमा काब्रोहाइडेटमात्र नभएर स्वास्थ्यलाई पनि सुरक्षित राख्ने तत्व दिइरहेको हुन्छ । प्याज, लसुन, धनिया, अदुवा, बेसार, ल्वाङलगायतका चिजहरुले हाम्रो शरीरलाई रोगसँग लड्ने क्षमताको विकास गरिरहेको हुन्छ ।
प्रत्येक बर्ष गर्मी बढेसँगै बढेको भाइरत ज्वरो, रुघाखोकी र डेङ्गुको माहामारी बढ्न थाल्छ । अहिले यही समस्या देखिएको । भाइरल ज्वरोसँगै डेँगूको संक्रमण बढ्दै गएको छ ।
रुघाखोकीको सामान्य लक्षण देखिएलगत्तै सामान्य आकारको प्याज दिनमा दुई/तीन पटक काँचै सेवन गर्दा रुघाखोकी तुरन्तै ठीक हुने विभिन्न अनुसन्धानहरुले देखाएको छ । ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले पुष्टि गरिसकेको हो ।
रुघाखोकी तथा ज्वरोको घरेलु उपचारमा प्रभावकारी हुने प्याजको सेवनले कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा समेत लाभकारी हुन सक्छ । रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोबाट छुटकारा पाउने सर्वोत्तम घरेलु उपचारका रुपमा तपाई हाम्रो भान्छामा सजिलै उपलब्ध हुने प्याजको सेवन गर्न सकिन्छ ।
प्याजको फाइदाहरुः
– प्याजको सेवनले प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ ।
– यसमा भिटामिन सी, फलामजस्ता बहुमूल्य खनिज पदार्थ तथा पोषक तत्व पाइन्छ ।
– प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
– गर्मी मौसममा काँचो प्याज खाँदा लू लाग्ने सम्भावनाबाट बचाउँछ ।
– काँचो प्याजको रसले पैताला र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ ।
– पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।
सजिलोको लागि प्याजमा अलिकति नून तथा कागतीको रस राखेर पनि खान सकिन्छ । रुघाखोकीसँगै ज्वरो आएको खण्डमा प्याजलाई सानोसानो टुक्रा पारी दिनमा दुई/तीन पटकसम्म सुँघ्ने गरेमा ज्वरोसमेत पूर्णतया निको हुन्छ ।
यी जानकारी घरेलु अनुभव तथा विभिन्न अनुसन्धानहरुमा प्रकाशित तथ्यहरुका आधारमा रुघाखोकीको प्राथमिक उपचारमा सहयोगी हुन सक्ने देखिएको हुँदा प्रस्तुत गरिएका हुन् ।
यसको प्रयोगले सामान्यतया प्रभावकारी रहेतापनि जटिल प्रकृतिका बिरामी र कुनैपनि रोगको नियमित औषधी सेवन गरिरहेका बिरामीहरुले भने जुनसुकै औषधीजन्य बस्तु सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक र जरुरी हुन्छ । एजेन्सी
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
