
जनस्वास्थ्य सरोकार, लमजुङ । सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले निःशुल्क डाइललासिस सेवा सुरु गर्ने भएको छ। अस्पतालले यही हप्ताबाट निःशुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो।
केही महिना अघिबाट डाईलासिस सेवा सुरु भएको अस्पतालमा सेवा निःशुल्क गर्नका लागि सामाजिक सुरक्षा महाशाखा काठमाडौँले पनि अनुमोदन गरिसकेको लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड डा रमेश आचार्यले बताउनुभयो।
जिल्लाका नगरपालिका र गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले आ–आफ्नो पालिका भित्रका डाइलासिस गरिरहेका बिरामीहरूको नाम सामाजिक सुरक्षा महाशाखा काठमाडौँमा पठाउनु पर्ने र सबै बिरामीको नाम विपन्न नागरिक कोषमा दर्ता भई आएपछि निःशुल्क डाइलसिस सेवा सुचारु गर्ने तयारीमा रहेको अस्पताल प्रमुख डा. आचार्यको भनाई छ।
अस्पतालमा यसअघि डाईलासिस सेवा लिँदा प्रतिपटक तीनहजार पाँचसय रुपैयाँ तिर्न बाध्य भएका थिए।
डा. आचार्यका अनुसार जिल्ला अस्पतालमा हाल सात वटा डाइलासिस उपकरण छ। अस्पतालमा रहेको सात वटा डाइलसिस उपकरण मध्ये ६ वटा मेसिनबाट एकै साथ ६ जनालाई सेवा दिने गरिन सकिनेछ छ भने एउटा उपकरण चाहिँ अत्यावश्यक सेवाको लागि राखिएको अस्पतालले जनाएको छ।
निःशुल्क सेवा सुरु भएसँगै जिल्लामा डाइलसिस सेवा लिइरहेका नागरिकहरूलाई सहज हुने भएको छ। विशेष गरी गरिब तथा विपन्न परिवारका सदस्यहरुलाई नियमित डाईलासिस सेवा लिँदा रकम अभावको समस्याले थप पीडित बनाएको थियो।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
