
जनस्वास्थ्य सरोकार, सुनसरी । सुनसरीको इनरुवा अस्पतालमा कार्यरत ८ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेले मेडिकल अफिसरहरुलाई नीच देखाउने, गालीगलौच गर्ने, धम्की दिई मानसिक यातना दिने र मेडिकल अधिकृत र बिरामीबीच भएको विवादमा मौन बसेको भन्दै अस्पताल व्यवस्थापनलाई सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।
मेडिकल अधिकृतहरू डा. महेशकुमार शाह, डा. रतिकुमार यादव, डा. आशिष देव, डा. अभिषेकुमार सिंह, डा. श्रेया पंगेनी, डा. कृतिका हमाल, डा.दीपेन्द्र मेहता र डा. वीरेन्द्र मण्डलले सामूहिक राजीनामा बुझाउनुभएको छ ।
२६ माघमा ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धम्क्याउने, आक्रमण गर्ने व्यक्तिलाई छलफल नगराएको मेडिकल अधिकृतहरूले बताएका छन् ।
।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

