जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवारी हुँदा डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही नगरे आन्दोलन गर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ ।

संघले डाक्टरमाथि हातपात गर्ने प्रहरीलाई कारवाही कारवाही गर्नुपर्ने माग राख्दै २४ घन्टे अन्टिमेटम दिएको छ । शुक्रबार राष्ट्रपति भण्डारीको सवारीको बेला हिंडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि कुटपिट गरेको थियो ।
सल्यक्रिया सकेर घर जान लागेका डा. सिंहलाई परिचय पत्र देखाउँदा पनि सुरक्षाकर्मीले अस्पताल परिसरमै कुटपिट गरेको संघको दाबी छ । संघले दोषी सुरक्षाकर्मीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी एेन अनुसार कडा कारबाही गर्नुपर्ने माग गरेको छ । २४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति संघले आजबाट कार्यकारिणी समितिको आकस्मिक बैठक आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको उल्लेख छ ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


