जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवारी हुँदा डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही नगरे आन्दोलन गर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ ।

संघले डाक्टरमाथि हातपात गर्ने प्रहरीलाई कारवाही कारवाही गर्नुपर्ने माग राख्दै २४ घन्टे अन्टिमेटम दिएको छ । शुक्रबार राष्ट्रपति भण्डारीको सवारीको बेला हिंडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि कुटपिट गरेको थियो ।
सल्यक्रिया सकेर घर जान लागेका डा. सिंहलाई परिचय पत्र देखाउँदा पनि सुरक्षाकर्मीले अस्पताल परिसरमै कुटपिट गरेको संघको दाबी छ । संघले दोषी सुरक्षाकर्मीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी एेन अनुसार कडा कारबाही गर्नुपर्ने माग गरेको छ । २४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति संघले आजबाट कार्यकारिणी समितिको आकस्मिक बैठक आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको उल्लेख छ ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
