जनस्वास्थ्य सरोकार, काठमडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीद्धारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानवीन गरिरहेको अवस्थामा अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी र जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै २९ गते आइतबार आव्हान गरेको आन्दोलन फिर्ता लिन मन्त्रालयले आव्हान गरेको हो ।
२७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जनिथ लाल सिंहलाई प्रहरीद्धारा कुटपिट गरिएको विषयमा थप छलफल गरी समस्याको समाधान गर्न वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई सम्वाद मार्फत समाधान गर्ने प्रयास भएकाले आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले भन्नुभएको छ—'माघ २९ गतेका दिन आव्हान गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै स्वास्थ्य संघ संस्थाहरुलाई अनुरोध गर्दछौ ।'
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा। जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
