जनस्वास्थ्य सरोकार, काठमाडौं । ४० वर्षदेखि मुटु रोग र निदानमा आफूलाई समर्पित गर्दै आउनुभएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनि भूषण उपाध्ययलाई मेडिकेयर अस्पतालले अभिनन्दन गरेको छ । अस्पतालको कार्यकारी अध्यक्षको रुपमासमेत २५ वर्ष सेवा प्रदान गर्नुहुने डा. उपाध्यलाई अस्पतालले अभिनन्दन गरेको हो ।

अस्पतालका वर्तमान अध्यक्ष डा. पिके यादवले प्रदान गर्नुभएको अभिनन्दन पत्रमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको पहिलो सदस्यसचिवको जिम्मेवारी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पहिलोपल्ट ‘नन इन्भेजिभ कार्डियोलोजी सेवा’को शुरुवात्कर्ता, सन १९९८ देखि २००९ सम्म ‘प्रमुख, मेडिसिन एण्ड कार्डियोलोजी’ को जिम्मेवारी वहन गर्दा एमबीबीएस तथा जनरल मेडिसिनको पोष्ट ग्राजुयसनको अध्यापन शुरुवात गर्न विशेष भूमिका निर्वाह, सन् १९८० देखि १९८१ सम्म जनकपुर अस्पतालमा कार्यरत हुँदा रक्तसञ्चार सेवा स्थापना, क्षयरोग बिरामीहरुको लागि निःशुल्क उपचार कक्ष व्यवस्था र सोसाइटी अफ डायबेटिज, जनकपुर च्याप्टरसमेत स्थापना गरेको उल्लेख छ ।
डा. उपाध्यायले ‘फेलो अफ अमेरिकन कलेज अफ कार्डियोलोजी’ तथा ‘फेलो अफ एसिया प्यासेफिक सोसाइटी अफ कार्डियोलाजी’ पद प्राप्त गर्नुभएको छ । साथै उहाँले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स) नयाँ दिल्लीबाट पोष्ट डक्टरल फेलो इन कार्डियोलोजी प्राप्त गर्नुभएको छ । उहाँले इन्टर्नल मेडिसिन एण्ड कार्डियोलोजीमा एमडीको उच्च स्तरीय शिक्षा जनमैत्री विश्वविद्यालय मस्को तत्कालीन सोभियत संघबाट गर्नुभएको थियो ।


नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
