
जनस्वास्थ्य सरोकार, झापा । झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
रेडक्रसले मानवीय सेवासँगै यो कार्यक्रम सञ्चालन गरेपछि विपन्नका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम बरदानझै बन्न पुगेको रेडक्रस उपशाखा सभापति चन्द्र साहले बताउनुभयो । साहका अनुसार पालिकाभित्र स्थायी बसोबाससँगै स्वास्थ्य जाँच नियमित गर्ने महिलालाई सुत्केरी हुने क्रममा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न थालिएको छ ।
चालु वर्षबाट सुरु भएको यस कार्यक्रममा रेडक्रसले आफ्ना दुई वटा एम्बुलेन्स परिचालन गरेको छ । रेडक्रसलाई दातामार्फत पाँच वर्षअघि एउटा एम्बुलेन्स प्राप्त भएको छ । एउटा भने वर्षदिन अघि मात्र पालिकामार्फत उपलव्ध भएको एम्बुलेन्सले सेवा पु¥याउँदै आएको छ । सेवा लिन बसोबास खुलेको कागजात, नियमित स्वास्थ्य जाँचजस्ता निश्चित सर्त पूरा गरेको हुनुपर्ने उपशाखा सचिव पारषमणि राई बताउछन् । यस कार्यक्रमबाट ग्रामीण क्षेत्रका सुत्केरी महिला लाभान्वित भएको उहाँको भनाइ छ ।
चालु आर्थिक वर्ष २०७९÷८० बाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म एक सय ३४ जनाले सेवा लिएका छन् । सेवा लिने अधिकांश विपन्न समुदाय रहेको तथ्याङ्कमा उल्लेख छ । सुत्केरी महिलालाई अस्पतालसम्म पु¥याएबापत पालिकाले इन्धन र न्यून सेवा शुल्क उपलव्ध गराउँदै आएको सचिव राईले बताउनुभयो ।
प्रसूति गराउन घरदेखि अस्पतालसम्म लैजान र प्रसूतिपछि घर फर्किनका लागि एम्बुलेन्स प्रयोग गरिन्छ । घरदेखि अस्पताल र पुनः अस्पतालदेखि घरसम्म जान एम्बुलेन्स निःशुल्क पाएपछि अधिकांस सेवाग्रहीले राहतको महसुस गरेको कमल १ की सुत्केरी झलिमाया सन्थालले बताइन् । उहाँले भन्नुभयो
“ कमजोर मात्र होइन,स्वास्थ्य संस्थामा प्रसूति गराउनुपर्छ भन्ने हेक्का नभएका लक्षित वर्गलाई सरकारले उपलव्ध गराउँदै आएको स्वास्थ्य सुविधाको पहुँच पु¥याउन अझै खाँचो छ । ”
पालिकाले महिलाको स्वास्थ्य सुरक्षामा सघाउ पु¥याउन यस कार्यक्रमलाई समावेश गरी नयाँ कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष हुकुमसिंह राई बताउछन् । यस कार्यक्रमले महिलाको स्वास्थ्य सुरक्षामा टेवा पुगेको उहाँको बुझाई छ । कार्यक्रमका लागि पालिकाले रु तीन लाखको बजेट व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारिता तथा सेवागुणस्तर उपयोगी बन्दै गए बजेट बढाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
