
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइँदैछ ।
बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउन हरेक वर्ष फेब्रुअरी १५ तारिखका दिन यस दिवस मनाउन सुरु गरिएको हो ।
यस वर्षको अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवसको नारा ‘जीवन रक्षाः तपाईंको हातमा’ तय गरिएको छ ।
हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसंख्याहरूमा क्यान्सर हुने गरेको पाइन्छ । हरेक तीन मिनेटमा विश्वभरका बालबालिकाको क्यान्सरले मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क छ ।
उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यान्सरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको डब्लुएचओले जनाएको छ ।
समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालको भनाइ छ।
यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार गरिएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

