
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको केन्द्रीय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पताल उद्घाटन गर्नुभएको छ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत दाङको बेलझुण्डी पुग्नुभएकी राष्ट्रपति भण्डारीले बुधबार क्याम्पस एवं अस्पतालको अवलोकनसमेत गर्नुभएको छ।
दाङको बेलझुण्डीमा आयुर्वेद स्नातक (बीएएमएस) कक्षा सञ्चालनका लागि २४ करोड ७२ लाख ८३ हजार ४ सय ६६ रुपयाँ लागतमा भवन निर्माण भएको हो । नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट २०७४ असार मसान्तमा भवन निर्माण सुरु भएको थियो।
विश्वविद्यालयका १२ आंगिक र १२ वटा सम्बन्धनप्राप्त क्याम्पसहरू रहेका छन् । हाल यस विश्वविद्यालयमा उपाधिमूलक तहगत पाठ्यक्रमअन्तर्गत शास्त्री (स्नातक), आचार्य (स्नातकोत्तर) र विद्यावारिधि (पीएचडी) स्तरका कक्षाका साथै आयुर्वेद स्नातक (बीएएमएस) र शिक्षाशास्त्री (बीएड) कार्यक्रम सञ्चालित छन् ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

