
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदूत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गर्नुभएको हो ।
राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताउनुभयो । उहाँले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्तखोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा जेष्ठनागरीकमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

