जनस्वास्थ्य सरोकार, काठमाडौं । गएराति ग्याँस फड्किएर गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि देशबाहिरको सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ ।

उहाँहरुको कीर्तिपुर अस्प्तालको जलन सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
हालको श्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरको सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न अस्पतालले सिफारिस गरेको हो ।
भण्डारीको अनुहार, दुवै हात र गोडासमेत गरी २५—३० प्रतिशत र आमा हरिकलाको करिब ७० प्रतिशत शरीर जलन भएको हुनसक्ने अस्पतालले प्रारम्भिक अनुमान गरेको छ । गए राति १० बजेतिर सांसद भण्डारीको बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोट भएको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

