जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले गएराति काठमाडौंको वुद्धनगरस्थित आफ्नै निवासमा ग्याँस सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लैजान लागेको बताउनुभएको छ ।

कीर्तिपुर अस्पतालको जलन सघन उपचार कक्षमा उपचाररत सांसद भण्डारीलाई भेट्न पुग्नुभएका स्वास्थ्यमन्त्री गिरीले थप उपचारका लागि बुम्बई लैजान लागेको बताउनुभएको हो । उहाँले थप उपचारपछि सांसद भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गर्नुभएको छ ।
यता ग्याँस सिलिण्डर विस्फोटमा घाइते हुनुभएकी सांसद भण्डारीकी आमा हरिकलाको भने निधन भएको छ ।
हालको श्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरको सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न अस्पतालले सिफारिस गरेको छ । भण्डारीको अनुहार, दुवै हात र गोडासमेत गरी २५—३० प्रतिशत जलन भएको अनुमान अस्पतालको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

