
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको छ ।
उहाँलाई श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको नेसनल बर्न सेन्टरतर्फ लगिएको हो । बुधबार राति ग्यास सिलिन्डर विष्फोटमा परी गम्भीर घाइते हुनुभएका भण्डारीलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । थप उपचार गर्नुपर्ने भएकाले उहाँलाई मुम्बई लगिएको हो ।
एयर एम्बुलेन्समार्फत मुम्बईतर्फ प्रस्थान गर्नुभएका भण्डारीसँगै नर्भिक अस्पतालका चिकित्सकीय टोली पनि रहेको छ । भण्डारीको श्वास नलीमा जलनले असर सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी (ईन्टुबेसन गरी) अक्सिज दिँदै मुम्बई लगिएको हो ।
ग्यास सिलिन्डर विष्फोटबाट सँगै घाइते हुनुभएकी उहाँकी आमा हरिकलाको निधन भएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

