
जनस्वास्थ्य सरोकार, काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा घाइते हुनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको आज शुक्रबार भारतमा शल्यक्रिया गरिने भएको छ । थप उपचारका लागि बिहीबार मुम्बईको नेशनल बर्न सेन्टर पु¥याईएका भण्डारीको शुक्रबार बिहान १०ः३० बजे र दिउँसो १ः३० बजे दुईवटा शल्यक्रिया गरिने कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो ।
सांसद भण्डारीको उपचारमा संलग्न डा. सुनिल केस्वानीले राति १०ः३० बजे परीक्षण गरेपश्चात शरीरमा फ्लुईडको मात्रा डबल गरिनुकासाथै शुक्रबार बिहान १०ः३० मा पहिलो र १ः३० मा दोस्रो सर्जरी गरिने जानकारी दिनुभयो । उहाँका अनुसार हात र खुट्टा जलन बढी भएकाले प्लाष्टिक सर्जरी पश्चात रोग प्रतिरक्षा प्रणाली बढ्ने हुँदा सर्जरीलाई प्राथमिकतामा राखिएको छ । तर, अनुहार सुन्निएकाले तत्काल अनुहारको प्लाष्टिक सर्जरी गर्न नमिल्ने उहाँको भनाई छ । शरीरको भित्री भागको जलनका लागि भने औषधि चलाइएको छ ।
त्यस्तै, डा. सन्दिप मिस्त्रीले राती ११ः३० बजे परीक्षण गरेपश्चात सांसद भण्डारीका सबै पारामिटरहरू नर्मल भएपनि अझै ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने जानकारी दिनुभयो । त्यसैगरी डा. अमुलले राती १२ः३० बजे परीक्षण गरेपश्चात हृदयको चाल नर्मल रहेको र एन्टिबायोटिक्सलाई निरन्तरता दिइएको जानकारी दिनुभयो । साथै आत्तिनुपर्ने अवस्था नरहेको उहाँले उल्लेख गर्नुभयो ।
कीर्तिपुर अस्पतालले भण्डारीलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि बिहीबार श्री एयरलाइन्सको विमानमार्फत थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको थियो ।
संसद भण्डारीको शरीर ३० प्रतिशत जलेको कीर्तिपुर अस्पतालले जनाएको छ । अस्पतालका अनुसार भण्डारीको दुवै हात खुट्टा र अनुहारमा जलन भएको छ । तातो धुवाँका कारणले श्वास नलीमा पनि जलन भएको हुनसक्ने अस्पतालका डा. किरण नकर्मी र डा. निजिना ताम्राकारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तो अवस्थामा सुविधासम्पन्न अस्पतालमा उपचार गर्नु राम्रो हुने सुझाव चिकित्सकले दिएका थिए । उपचारका क्रममा भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै निधन भएको छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र आमा हरिकला घाइते हुनुभएको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
