
जनस्वास्थ्य सरोकार, काठमाडौं । मिस नेपाल इन्टरनेशनल २०२२ बन्न सफल न्यान्सी खड्काले मानसिक स्वास्थ्य प्रवद्र्धन आफ्नो प्राथमिकतामा परेको बताउनुभएको छ । उहाँले मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्नेसमेत बताउनुभएको छ ।
नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगञ्जले अस्पतालमा आयोजना गरेको स्वागत कार्यक्रममा मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठ, हिडन ट्रेजर नेपालका निर्देशक प्रमोद कंसाकार लगायतका टोलीले अस्पतालको अवलोकन भ्रमण तथा अस्पतालका चिकित्सकहरुसंग साक्षात्कार गर्नुभएको थियो ।

कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ खड्काले आफूले मिस नेपालको परियोजना अन्तर्गत मानसिक स्वास्थ्यलाई छनौट गरेको र सोही अनुसार प्रवद्र्धनका कार्यहरु गरिरहेको बताउनु भयो । मानसिक स्वास्थ्य र समाजमा यस प्रतिको बुझाईका बीचमा धेरै समस्या रहेकोले यसमा आफूले कार्य गर्ने बताउदै स्वास्थ्यकर्मीहरुसँग सहकार्य गर्ने बताउनु भयो ।
मिस नेपाल अर्थ २०२२ ले आफू पेशाले आफू पनि चिकित्सक रहेकाले स्वास्थ्यको क्षेत्रमा अझ बढी नजिकबाट काम गर्ने बताउदै आफ्नो प्राथमिकता प्रतिरोधात्मक स्वास्थ्य रहेको बताउनु भयो । रोग लाग्नु भन्दा रोग लाग्नै नदिने तर्फ आफ जनमानसलाई सचेतना फैलाउने कार्यमा आफूले काम गरिरहेको र आफ्नो परियोजनाको दौरानमा आफूले फोहर ब्यवस्थापनको क्षेत्रमा कार्य गरेको बताउनु भयो ।
कोभिडपछि मानव स्वास्थ्य अझ बढी प्राथमिकतामा परेको र आफूहरुले मिस नेपाल ब्युटी प्याजेण्टका लागि नेपाल मेडिसिटी अस्पतालसँग विगत ३ वर्ष देखि सहकार्य गरिरहेको हिडन ट्रेजर नेपालका निर्देशक प्रमोद कंसाकार बताउनुभयो ।

नेपाल मेडिसिटी अस्पतालले अब उपचारका लागि नेपालीहरुलाई विदेश जान नपर्ने र विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुलाई नेपालमै काम गर्ने वातावरण सिर्जना गरिरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताउनु भयो ।
आफूहरुले हिडन ट्रेजरको मिस नेपालका लागि विगत लामो समय देखि सहकार्य गर्दै स्वास्थ्य प्रवद्र्धनमा कार्य गरिरहेको र सन २०१९ को मिस वल्र्ड २०१९ मा ब्युटी विथ अपर्पजमा विजयी मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठका लागि सिन्धुपाल्चोकको सोल्सिङ्ग गाउँमा स्वास्थ्य सेवामा सहकार्य गरेको बताउनुभयो ।
हिडन ट्रेजरले यस वर्षका लागि मिस नेपाल छनौट गर्ने क्रममा बिरगंज अडिसनका लागि आएको र अडिसनमा निशुल्क रुपमा भाग लिन सकिन जनाएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
