
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान को तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिमका ऐनहरू तर्जुमा गरी स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘२०७२ सालमा जारी नेपालको नयाँ संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रूपमा प्रत्याभूत गर्दै समाजवादउन्मुख स्वास्थ्यको संकल्प गरेको छ त्यो पुरा गर्न सरकार प्रतिबद्ध छ।’
संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ्य सम्बन्धि हकको व्यवहारिक अभ्यासका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध र सुधार आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

