
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधि उत्पादक संघले (एपोन) नेपाल औषधि बिक्रि तथा प्रतिनिधि संघ (न्यामसारा) का केहि सदस्यहरुले गरेको अव्यवहारीक र नेपालको कानून विपरितका कार्यप्रति आपत्ति जनाएको छ ।
औषधि उद्योगी र उद्योगमा कार्यरत व्यवस्थापकहरुलाई उक्त संस्थाको पुर्व स्वीकृती नलिई बजार प्रवेश गर्न नदिने, उद्योगले बजारबाट उठाउनुपर्ने रकम उठाउन बन्देज लगाउने, उद्योगको बैठक स्थलमा जबर्जस्ती प्रवेश गरी हुलहुज्जत गरी लाखौं रकम असुली गर्ने जस्ता अव्यवहारीक कार्य प्रति एपोनले आपत्ति जनाएको हो ।
औषधी जस्तो संबेदनशील एवं अत्यावश्यक बस्तुको आपुर्तिमा असहज गराउने कार्य जनस्वास्थ्य प्रतिको खेलवाड हो । नेपालमा औषधीको बजारीकरण गर्ने सम्बन्धमा बिभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न हुल, समुह, संस्थाको नाममा कार्य गर्न निषेध गर्ने, कार्यस्थलमा ब्यबस्थापक निर्देशक लगायत कर्मचारीहरु पूर्व स्वीकृती लिएर मात्र चिकित्सक, थोक बिक्रेता, औषधी पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने क्रियाकलाप नेपालको संबिधान र बिद्यमान कानुन बिपरित रहेको छ । नेपालको संबिधान प्रदत्त अधिकार प्रयोग गरि आफ्नो ब्यापार व्यवसाय संचालन गर्ने हक हनन हुने क्रियाकलाप कसैले नगर्न, नगराउनुहुन सम्बन्धित निकायहरुलाई संघले विज्ञप्ती मार्फत अपिल गरेको छ ।
गैह्रकानुनी रुपमा कर्मचारीहरुलाई काम गर्न निषेध गर्ने, जबरजस्ती रकम असुुलि गर्ने, हुलहुज्जत गर्ने, धम्कि दिने जस्ता कार्यको कानुनी उपचार खोजिने चेतावनी समेत संघले दिएको छ ।

चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

