
जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
आज बिहान १०ः३० बजे चिकित्सकबाट काउन्सिलिङ सम्पन्न भएको भन्दै अस्पतालबाट उहाँका सहयोगी माधव न्यौपानले स्वास्थ्य अवस्था सामान्य बन्दै गएको जानकारी दिनुभएको छ ।
उपचारमा संलग्न चिकित्सकको भनाईलाई उद्धृत गर्दै न्यौपानले भन्नुभयो–‘डाक्टरबाट काउन्सिलिङ सम्पन्न भएको छ । अहिले कृत्तिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ भने भोलिदेखि ट्रायलमा भेन्टिलेटर हटाएर हेरिने भएको छ ।’
उहाँका अनुसार हातको जलेको भागले पनि काम गर्न थालेको छ । अहिले दुवै खुट्टाको शल्यक्रियापछिको पहिलो ड्रेसिङ भइरहेको छ । सुन्निएको भाग पनि घट्दै गएको छ ।
गत बुधबार राति काठमाडौंको घरमा ग्यास लिक भएर आगलागीमा परी भण्डारी घाइते हुनुभएको थियो । उहाँको आमाको भने बिहीबार बिहान निधन भएको छ ।
डा. भण्डारीलाई बिहीबार दिउँसो श्रीएयरलाइन्सको विमान मार्फत मुम्बई लगिएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

