
गर्भावस्था महिलाका लागि एक रोमाञ्चक समय मानिन्छ । गर्भावस्थामा हर्मोनल परिवर्तनले उनीहरूको मुख स्वास्थ्यमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ । त्यसैले महिलाले गर्भावस्थामा मुख तथा दन्त स्वास्थ्यको बढी ख्याल राख्नुपर्छ ।
गर्भावस्थामा महिलाको शरीरमा प्रोजेस्टेरोन र एस्ट्रोजेन जस्ता सेक्स हार्मोनहरू उत्सर्जन हुन्छन् । यी हर्मोनहरू एकसाथ परिमार्जन हुँदा गिँजामा रगतको प्रवाह बढ्छ । त्यसैले गर्भवस्थामा महिलाले मुख तथा दन्त स्वच्छताको ख्याल नगरे सेवन गरेका खानेकुराका टुक्रा र प्ल्याकले गिँजालाई झन कमजोर बनाउँछ । जसले गर्दा गिँजा सुन्निने, रातो हुने र नरम महसुस हुने हुन्छ ।
महिलामा गर्भावस्थाको दोस्रो वा तेस्रो महिनामा जीन्जिभाइटिस (गिँजाको सुजन) सामान्य तहमा मात्र देखिन्छ तर आठौं महिनामा पुग्दा यसले तीव्र रुप लिनसक्छ । यस्तो अवस्थामा दाँत माझ्दा वा फ्लस गर्दा गिँजाबाट रगत आउने, सुन्निने र रातो हुने जस्ता लक्षण देखिन्छन् ।
त्यसैगरी समयमा जीन्जिभाइटिसको उपचार नगर्दा दाँत वा पिरियडोन्टियम वरपरका क्षेत्र संक्रमण भई पिरीयडोन्टल डिजिज (गिँजा सुन्निने, रातो हुने ) समस्या देखिन सक्छ । यदि विषाक्त इरिटेन्टहरूसँग निरन्तर प्रतिक्रियामा रहे यसले मुखभित्र ठूला गाँठाहरू विकास गर्न सक्छ । यस्ता गाँठालाई प्योजेनिक वा प्रसुति ट्यूमर पनि भनिन्छ । यद्यपि, यी गाँठा घातक नभए पनि आफ्नो दन्तचिकित्सकसँग परामर्श भने लिनुपर्छ ।
गर्भावस्थामा महिलालाई चिनीयुक्त खानेकुरा बढी खान मन लाग्छ । यदि यस्तो अवस्थामा दन्त स्वच्छता ख्याल गरिएन भने दाँत किराले खाने, फोहोर जम्ने जस्ता थुप्रै समस्याको जोखिम बढ्न सक्छ ।

दाँत वा पिरियडोन्टियम वरपरको फोहोर हटाउन दिनको दुईपटक फ्लोराइडयुक्त टुथपेस्टले दाँत माझ्नुहोस् । ब्रस गरिसकेपछि दाँत फ्लस गर्नुहोस् । यसले दाँतको बीचमा अड्किएका खानाका टुक्रा फोहोरहरू हटाउन मद्दत गर्छ । आफ्नो जिब्रोलाई दैनिक ब्रसले सफा गर्नुहोस् । यसका साथै कम चिनीयुक्त पौष्टिक तथा स्वस्थ खानाहरू सेवन गर्नुहोस् । नियमित उपचारका लागि दन्तचिकित्सकसँग परामर्श गर्नुहोस् ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
