
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ ।
आम्दा अस्पतालबाट दुई वर्षअघि प्रथम बिन्दु हटाइएपनि बिरामी आउने क्रम रोकिएको छैन । अहिले पनि बिरामीहरू प्रथम बिन्दुको रूपमा नै कायम रहेको ठानेर उपचारका लागि अस्पताल आउने गरेका हुन् । पहिलो बिन्दुबाट सिफारिश अनिवार्य गरेपछि बिरामी अप्ठेरोमा पर्ने गरेका छन् । आम्दा अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष नगरपालिकाका प्रमुख हुने व्यवस्था छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाश शर्माले सिफारिश भएर आएका बिरामीलाई मात्र उपचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो “आपत्कालीन उपचार र अन्यत्रबाट रेफर भएर आएका बिरामीलाई भने सेवा दिइरहेका छौँ ।”
प्रथम बिन्दुका रूपमा आफूहरूले सुरुवातदेखि नै सेवा दिए पनि अचानक सरकारले प्रथम बिन्दुबाट हटाएको उहाँको भनाइ छ । पछिल्लो समयमा सम्बन्धित निकायले प्रथम बिन्दुका रूपमा मान्यता दिने बारम्बार बताए पनि अहिलेसम्म नपाएको उहाँले बताउनुभयो । गोरखापत्र दैनिकबाट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

