
जनस्वास्थ्य सरोकार, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यको पहुँच सबै नेपालीसम्म पुग्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार हेटौंडा अस्पतालको उद्घाटनका क्रममा मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले संघीय अवधारण अनुरुप मुलुकका सबै प्रदेशहरुलाई सुविधा सम्पन्न गराउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
यसैअनुरुप बागमती प्रदेशका अस्पतालहरुलाई स्तोरउन्नोतीको साथ स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउनुपर्ने उहाँको भनाई छ ।
राष्ट्रपति भण्डारीले नेपालको औद्योगिक क्षेत्रको रूपमा रहेको प्रदेशको राजधानीमा, स्थापित यो प्रतिष्ठानले जनतालाई माया गर्ने स्वास्थकर्मी उत्पादन गर्न सक्दामात्रै र स्वास्थ अनुसन्धानको क्षेत्रमा काम गर्दा मात्रै जननेता मदन भण्डारीको नाममा स्थापित यस प्रतिष्ठानको उद्देश्य सार्थक हुने बताउनुभयो ।
बागमती सरकारबाट ऐन निर्माण भएर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको प्रति राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो । ४० करोड लगानीमा निर्माण भएको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

